उपाधिका लागि नेपाल र नेदरल्याड्स भिड्दै, नेपालले जित्ला त सिरिज ?-Sutra News

उपाधिका लागि नेपाल र नेदरल्याड्स भिड्दै, नेपालले जित्ला त सिरिज ?

मंगलबार, २२ फाल्गुन २०८०

मंगलबार, २२ फाल्गुन २०८०

काठमाडौ । नेपाल, नामिबिया र नेदरल्याड्स सम्मिलित टि २० इन्टरनेशनल सिरिजको फाइनलमा आज नेपालले नेदरल्याड्सको सामना गर्दै छ ।



बिहान साँढे ११ बजे त्रिवि मैदानमा हुने खेलमा जित निकाल्दै नेपाल टि २० सिरिजको उपाधि घरमै राख्ने रणनीतिमा मैदान उत्रिदै छ । नेपाललाई रोक्दै उपाधि उचाल्ने लक्ष्यसहित नेदरल्यान्ड्स पनि मैदानमा जाने छ ।

नेपाली टिमको कप्तानी रोहित पौडेलले सम्हाल्दा नेदरल्याड्सको कप्तानी स्कट एडवार्डसले सम्हाल्ने छन् । आजको खेलमा नेपाल लगातार तेस्रो पटक त्रिकोणात्मक टि २० सिरिजको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिदै छ ।

सन् २०२१ को फाइनलमा १४२ रनले नेदरल्याड्सलाई पराजित गर्दै उपाधि जित्दा २०२२ को फाइनलमस पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै उपाधि हात पारेको थियो ।

अहिलेको सिरिजमा नेदरल्याड्स चार खेलमा ५ अंकका साथ शीर्ष स्थानमा रहेर फाइनलमा पुग्दा नेपाल चार खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

वर्षाले प्रभावित पारेको यसअघिको नेदरल्याड्स र नामिबिया बराबरीमा रोकिँदा नेपालले सहजतापूर्वक फाइनलमा स्थान बनाएको हो ।

त्रिकोणात्मक सिरिजको सुरुवाती दुई खेलमा लगातार पराजित भएको नेपाल सिरिजको पहिलो खेलमा २० रनले पराजित हुँदा दोस्रो खेलमा नेदरल्याड्ससँग २ रनले स्तब्ध बन्यो ।

त्यसपछिको तेस्रो खेलमा नामिबियालाई तीन रन र नेदरल्याड्समाथि ६ विकेटको प्रभावशाली जित निकालेपछि फाइनल यात्रा सहज बनेको हो ।

लिग चरणको आफ्नो अन्तिम खेलमा बलियो देखिएको नेदरल्याड्सलाई १२० रनमै अल आउट गर्दा नेपाल ब्याटिङ, बलिङ र फिल्डिङमा पनि आफ्नो अद्वितीय प्रदर्शन पस्किएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच ११ पटक टी २० आई प्रतिस्पर्धा भएका छन् । ती खेलमा नेपालले पाँचमा जित हासिल गर्दा पाँचमै हार भोगेको छ । एक खेलको नतिजा भने आउन सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट