यसकारण स्वास्थकाे लागि हानिकारक छ चिया-Sutra News

यसकारण स्वास्थकाे लागि हानिकारक छ चिया

शुक्रबार, १८ फाल्गुन २०८०

शुक्रबार, १८ फाल्गुन २०८०

दक्षिण एसियालीहरू करिब चियाका पारखी छन् । अधिकांशकाे घरमा बिहानको पेय पदार्थ नै चिया हुने गरेकाे छ । बिहान मात्रै हाेइन, कतिपयले दिनमा पनि चिया पिउने गर्छन् । दिनभर ५/७ पटकसम्म नै चिया पिउने पनि केही छन् ।



फिटनेस प्रेमीहरूले अक्सर चिया पिउन अस्वीकार गर्छन् । विशेषगरी वजन घटाउन चाहनेहरूलाई चिया नपिउन सुझाव दिएकाे पाइन्छ । तर प्रश्न उठ्छ के चिया पिउँदा साँच्चै तौल बढ्छ ?

ओन्ली माई हेल्थमा प्रकाशित समाचारका अनुसार पोषणविद्, आहारविद् तथा प्रमाणित मधुमेह शिक्षाविद् गरिमा गोयलले यसबारे केही चर्चा गरेका छन् । थाहा पाउनुहाेस् चियाबारे गाेयलले भनेकाे कुरा-

चिया पिउँदा तौल बढ्छ ?

विशेषगरी धेरैले दुध हालेकाे चिया पिउने गर्दछन् । दुधकाे चिया पिउँदा तौल बढ्ने विज्ञ गाेयलकाे भनाइ छ । रिफाइन्ड चिनीमा क्यालोरीको मात्रा धेरै हुन्छ। अहिले बजारमा धेरै किसिमका दुध पाइन्छन् । जस्तै- कम चिल्लाे भएको, टोन्ड मिल्क, पाश्चराइज्ड दूध आदि।

आजकल, हामीले प्रयोग गर्ने दूधमा न्यून मात्रामा पोषक तत्व हुन्छ तर, जहाँ चिल्लाेको मात्रा धेरै हुन्छ। हाई फ्याट भएको दूध खायौं भने शरीरमा बोसो र तौल दुवै बढ्छ । यदि मानिसले दैनिक २–३ कप चिया पिउने हो भने उसको तौल बढ्छ ।

चिया पिउनु हुन्न ?

चिया पिउनु नै समस्या हाेइन तर, सिमित मात्रामा पिउनुपर्छ । यसले वजनमा धेरै खतरनाक प्रभाव पार्न सक्छ । सधैं स्वस्थ शरीरको वजन कायम राख्न सकेसम्म चिया नपिउनु नै फाइदाजनक छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट