विद्यार्थी नेतृ पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी-Sutra News

विद्यार्थी नेतृ पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

आइतबार, ७ माघ २०८०

आइतबार, ७ माघ २०८०

काठमाडौं । १५ वर्ष पुरानो एक हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या अभियोगमा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले शुक्रबार अनुमति दिएको हो ।



जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मणबहादुर शाहीले पक्राउ पुर्जी जारी भएको पुष्टि गरेका छन् ।

सुर्खेतको जनमाविमा अध्ययनरत कालिकोटका राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुुकुरी हानी हत्या भएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावतविरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।

बुबाको किटानी जाहेरीअनुसार नै सिंहसहित, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट