भारतकाे मणिपुरमा फेरि भड्कियाे हिंसा, ३ सुरक्षाकर्मीसहित ७ काे मृत्यु-Sutra News

भारतकाे मणिपुरमा फेरि भड्कियाे हिंसा, ३ सुरक्षाकर्मीसहित ७ काे मृत्यु

शुक्रबार, ५ माघ २०८०

शुक्रबार, ५ माघ २०८०

काठमाडाैं । भारतकाे मणिपुरमा फेरि हिंसा भड्किएकाे छ । बिहीबार र बुधबार राति भएको हिंसामा तीन सैनिकसहित ७ जनाकाे ज्यान गएकाे छ ।



बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई सुरक्षाकर्मीकाे ज्यान गएकाे थियो भने ६ जना घाइते भएका थिए ।

दुई दिने हिंसामा सात जनाको ज्यान गएकाे बीबीसी हिन्दीले जनाएकाे छ ।

बुधबारकाे घटनापछि बिहीबार राज्यका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएको थियो।

मणिपुरमा विगत आठ महिनादेखि हिंसा जारी छ । पछिल्लाे समय राेकिने अवस्था देखिएपनि पुनः अवस्था जटिल बन्न थालेकाे छ ।

गत वर्ष मे महिनादेखि मणिपुरमा बहुसंख्यक मेइती समुदाय र आदिवासी कुकी-जो समुदायबीच जातीय हिंसा भइरहेको छ।

पछिल्लो आठ महिनामा कम्तीमा २०० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट