दोस्रो पटक सरकारसँग वार्तामा बस्दैछन् आन्दोलनरत शिक्षक-Sutra News

दोस्रो पटक सरकारसँग वार्तामा बस्दैछन् आन्दोलनरत शिक्षक

बिहिबार, ४ असोज २०८०

बिहिबार, ४ असोज २०८०

काठमाडौँ। राजधानी केन्द्रित आन्दोलनमा होमिएका शिक्षकहरु सरकारसँग वार्तामा बस्ने भएका छन्।



सरकारले गृहमन्त्री एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशलाई वार्ता गर्ने जिम्मा दिएसँगै शिक्षकहरु वार्ता बस्न लागेका हुन्। गृहमन्त्री स्रोतका अनुसार बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता हुँदैछ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा। प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग शिक्षक महासंघका प्रतिनिधिले संयुक्त रुपमा वार्ता गर्न लागेका हुन् ।

स्रोतका अनुसार साँझ ७ बजे हुने वार्तामा ती मन्त्रालयका सचिवहरु पनि बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट