एसिया कप : भारतलाई यो सिजनकै सबैभन्दा बढी लक्ष्य प्राप्त-Sutra News

एसिया कप : भारतलाई यो सिजनकै सबैभन्दा बढी लक्ष्य प्राप्त

शुक्रबार, २९ भाद्र २०८०

शुक्रबार, २९ भाद्र २०८०
india namibia

काठमाडौँ। एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को जारी अन्तिम खेलमा बंगलादेशले भारतलाई २६६ रनको मध्यम लक्ष्य दिएको छ ।



कोलम्बोस्थित प्रेमदासा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको छ । यो लक्ष्य भारतलाई यो सिजनकै सबैभन्दा बढी हो। यसअघि नेपालले २३० रन दिएको थियो। नभए अन्य टिमले उल्लेखीय रन दिन सकेका थिएनन्।

केहीबेरपछि भारतले ब्याटिङ गर्नेछ ।

भारत जारी प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । भारतले पाकिस्तान र श्रीलंकालाई हराएको थियो ।

यस्तै, बंगलादेश पनि पाकिस्तान र श्रीलंकासँग पराजित भएर बाहिरिसकेको छ ।

यसर्थ, यो खेल जसले जिते पनि यसको प्रतियोगिताका खासै अर्थ राख्दैन ।

प्रतियोगिताको फाइनल खेल आइतवार भारत र श्रीलंकाबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट