एसईई हटाइने, विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने-Sutra News

एसईई हटाइने, विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने

बुधबार, २७ भाद्र २०८०

बुधबार, २७ भाद्र २०८०

काठमाडाैं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । बुधबार प्रतिनिधिसभामा दर्ता गरिएकाे विद्यालय शिक्षा विधेयकमा यस्ताे व्यवस्था गरिएकाे हाे ।



सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा)को मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने छ ।

प्रस्तावित विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण (८ कक्षा) मात्रै स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ । ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने प्रस्ताव विधेयकमा राखिएको छ ।

प्रस्तावित विधेयक हुबहु पारित भएमा एसईई हुने छैन ।

सम्बन्धित समाचार

संशोधनपछि विद्यालय शिक्षा विधेयक संसदमा दर्ता (पूर्णपाठसहित)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट