पठान र बाहुबलीलाई समेत पछार्‍यो गदर–२ ले, २४ दिनमै ५ सय करोड कलेक्सन-Sutra News

पठान र बाहुबलीलाई समेत पछार्‍यो गदर–२ ले, २४ दिनमै ५ सय करोड कलेक्सन

सोमबार, १८ भाद्र २०८०

सोमबार, १८ भाद्र २०८०

काठमाडौं । बलिउड फिल्म गदर–२ ले २४ दिनमै पाँच सय करोड बढी कमाएर नयाँ रेकर्ड राखेको छ ।



भारतीय सञ्चार माध्यमका अनुसार सनी देओल र अमिषा पटेल अभिनित फिल्म गदर–२ले बक्स अफिस कलेक्सन ५०१ करोड पु¥याएको हो । जनाइएअनुसार आइतबार मात्रै गदर–२ ले ७.८० करोड कमाएको थियो ।

गदर–२को कमाईको रेकर्ड भारतीय फिल्म उद्योगकै निम्ति नयाँ रहेको बताइएको छ । कलेक्सनको आँकडामा गदर–२ ले शाहरुख खानको ‘पठान’ र प्रभासको ‘बाहुबली २’लाई पनि पछि पारेको छ ।

पठानले २८ दिनमा पाँच सय करोड कमाएको थियो भने बाहुबली–२ ले ३४ दिनमा पाँच सय करोड कमाएको थियो ।

गदर–२ को कलेक्शन रिपोर्ट तोड्न अन्यलाई सहज नहुने मिडिया विश्लेषण भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट