फेसबुकका प्रतिनिधिलाई देश निकाला-Sutra News

फेसबुकका प्रतिनिधिलाई देश निकाला

शनिबार, १६ असार २०८०

शनिबार, १६ असार २०८०

कम्बोडियाले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ ।



दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको बताए ।

उनले सार्वजनिक रूपमा जारी गरेको सन्देशमा भनेका छन्, “अब फेसबुकलाई कम्बोडियामा आफ्नो प्रतिनिधि राख्न दिइने छैन तर देशमा फेसबुकको पहुँच रोक्ने मेरो कुनै मनसाय छैन ।”

हुन सेनले निर्वासित राजनीतिक विरोधीहरूले गरेको ‘अपमानजनक’ टिप्पणीप्रति फेसबुकले पक्षपात गरेको आरोप लगाए ।

हुलाक तथा दूरसञ्चार मन्त्रालय (एमपीटीसी) ले शुक्रबार अबेर एक विज्ञप्ति जारी गर्दै फेसबुकका प्रतिनिधिलाई कम्बोडियाबाट निष्कासन गर्ने र कम्पनीको प्रतिनिधित्व, सरकारसँगको सम्बन्ध र निजी क्षेत्रमा साझेदारी सहयोगजस्ता सबै गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट