वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु-Sutra News

वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु

बुधबार, ८ चैत्र २०७९

बुधबार, ८ चैत्र २०७९

काठमाडौं, ८ चैत । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धता हुनका लागि बाटो खुलेको छ ।
पेन्सनसहितको सुविधा पाउने गरी सामाजिक सुरक्षा कोषले  योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गराउन सुरु गरे पछि आबद्धताको बाटो खुलेको हो ।



आज आयोजित एक बिशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर वाटो खुल्ला गरेका हुन । प्रधानमन्त्रीले परिचयपत्र बितरण गरेसँगै अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट