देशका जनताको हितमा लागेर अभियान गर्दा कारवाही भोग्नु पर्ने – दुर्गा प्रसाई-Sutra News

देशका जनताको हितमा लागेर अभियान गर्दा कारवाही भोग्नु पर्ने – दुर्गा प्रसाई

सोमबार, ८ फाल्गुन २०७९

सोमबार, ८ फाल्गुन २०७९

काठमाडौं – समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईले देशका व्यवसायीहरु आर्थिक संकटमा परेको बताएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईले भैरहवामा सम्बोधन गर्दे यस्तो बताएका हुन् ।



देशका व्यवसायीहरु आर्थिक संकटमा परेका बेला उनीहरुलाई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नरहेको उनको भनाई छ । उनले १ करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए ।

देशमा भएका युवाहरु मध्ये पनि लघुवित्त र सहकारीले खेदेको र त्यसबाट पनि बचेका युवाहरु माानसिक तनावमा आई पूर्व हिड्नुको साटो पश्चिम हिडिरहेका अवस्था रहेको उनको भनाइ छ  ।

राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने, सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगति विरुद्ध सशक्त ढंगले आवाज उठाउदै सो अभियान जारी राखने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट