समानुपातिकमा २० लाख मत ल्याउने माधव नेपालको त्यो दाबी, ३ लाख मत नकटेको यो अवस्था-Sutra News

समानुपातिकमा २० लाख मत ल्याउने माधव नेपालको त्यो दाबी, ३ लाख मत नकटेको यो अवस्था

आइतबार, १८ मंसिर २०७९

आइतबार, १८ मंसिर २०७९

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । प्रत्यक्षको  १६४ को गनिसकिएको छ भने समानुपातिकको केही बाँकी रहेको छ ।



नेकपा एमालेबाट विद्रोह गरेर छुट्टै पार्टी ( नेकपा एस ) खोलेर अध्यक्ष बनेका माधवकुमार नेपाल अहिले चर्चामा छन् । समानुपातिकमा पाएको भोटले उनको दललाई राष्ट्रिय दलको मान्यता दिन सक्छ कि सक्दैन भन्ने विषयले धेरैको ध्यान तानेको छ ।

निर्वाचनअघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए। तर वास्तविकता उनको दाबीभन्दा धेरै फरक छ । अहिलेसम्म झन्डै एक करोड चार लाख समानुपातिक मतगणना भइसक्दा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ।

त्यस्तै प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न संघर्षरत छ।

नेकपा एसले सम्मानीय नेताको रुपमा मानेको तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल यसपाली पराजित हुन पुगे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट