अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिने-Sutra News

अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिने

बुधबार, २२ असार २०७९

बुधबार, २२ असार २०७९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिने भएका छन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा शर्माले आफ्नो भनाई राखेपपछि पदबाट राजिनामा दिने बताइएको छ ।



बजेट निर्माणका क्रममा करको दर हेरफेरका लागि अनधिकृत व्यक्ति प्रयोग गरिएको आरोप लागेका अर्थमन्त्री शर्मामाथि अहिले नेकपा एमाले लगायतका दलले राजिनामा दिन दबाब दिदै आइरहेका छन् । सो दिनको सिसीटिभी फुटेजसमेत मेटिएको सूचना सार्वजनिक उनी थप आलोचित भएका छन् ।

बुधबार बिहान बसेको नेकपा माओवादी केन्द्र पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा पनि उनको बिषयमा छलफल भएको छ । यस बिषयलाई लिएर एमाले मात्र नभई सत्तारुढ दलकै सांसदहरु तथा पूर्वप्रधानन्यायाधीशसहितका नागरिक अगुवाहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राख्दै आइराखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट