एमालेमा अराजकता बढ्यो, अनुशासित पार्टी रहेन: पृथ्वीसुब्बा गुरुङ [अन्तर्वार्ता]-Sutra News

एमालेमा अराजकता बढ्यो, अनुशासित पार्टी रहेन: पृथ्वीसुब्बा गुरुङ [अन्तर्वार्ता]

शनिबार, २१ जेष्ठ २०७९

शनिबार, २१ जेष्ठ २०७९

गएको स्थानीय तहको निर्वाचनमा मुलुककै सबैभन्दा ठुलो पार्टी ( नेकपा एमाले)ले आफ्नो अपेक्षित रुपमा मत प्राप्त गर्न सकेन ।  पार्टी हार्नुमा एमालेभित्रैका नेताहरुले अन्तर्घात गरेको कुराले सर्वव्यापी रुपमा चर्चा कमाइरहेको छ ।



गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एरियामा पनि एमालेले ठुलै हार व्यहोर्न पुग्यो । उनी र एमालेकै संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको टकरावका कारण एमालेको त्यस्तो स्थिति बनेको भन्ने विषय पनि माथि नै रहेको छ ।

मुलुकभरको अंकगणितलाई नियालेर हेर्दा एमालेले अहिले ठुलै जनमत गुमाएको जस्तो देखिएको छ तर एमालेका नेताहरुले यसलाई स्वीकारेका छैनन् । एमालेले झन् बढी जनताको मन जितेको नेताहरुको दाबी छ ।

एमालेले अहिले एउटा पनि महानगरमा जित हात पार्न सकेन । यसले आगामी संघीय चुनावमा ठुलो धक्का पर्ने सक्ने सम्भावना देखिएको छ ।

समग्र विषयलाई लिएर नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग सूत्रन्यूजले कुराकानी गरेको छ ।

प्रस्तुत छ कुराकानीको अंश:

स्थानीय चुनाव २०७४ अहिलेको चुनावलाई लिएर हेर्ने हो भने एमालेले धेरै जनमत गुमाएको समग्रमा यो अवस्थालाई तपाईले कसरी नियाल्नुभएको ?

चुनावमा हामीले हार व्यहोर्नुपर्यो । मुलुकमा भएका दोस्रो, तेस्रो, चौथो पार्टी मिलेर लडेपछि उनीहरुसंग हामी हार्नु त्यस्तो केही होइन । एक्लाएक्लै लडेको भए हामी सबैभन्दा बढी शक्तिशाली थियौं । उग्रदक्षिणपन्थीहरू, वामपन्थीहरु यथास्थितिवादीहरु सबै मिलेर एमालेविरुद्ध लागेपछि हामीले सोंचेको जस्तो नतिजा आएन । हामीविरुद्धको यत्रो घेराबन्दीको बीचमा पनि हामीले लोकप्रिय मत प्राप्त गरेकै हो । हामीले उत्साहजनक मत प्राप्त गरेकै हो ।

चुनाव अगाडी तपाईंहरुले आफूहरुले नै बढी सिट जित्ने दाबी गर्नुभएको थियो अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले जनमत आफ्नै पक्षमा आउने दाबी गर्नुभएको थियो गठबन्धन यति धेरै शक्तिशाली हुन्छ भनेर सोंचुभएको पक्कै थिएन होला ?

गठबन्धन शक्तिशाली त होइन तर गठबन्धनको धेरै नेगेटिभ पाटोहरु छन् । तर गठबन्धनलाई हेर्ने हो भने नतिजा हाम्रो अपेक्षाअनुसार नै रहेको छ । एक्लाएक्लै लडेको भए हामीले ६७ प्रतिशत मत ल्याउने भन्ने थियो । गठबन्धन भयो भने कम्तीमा हामीले ५० प्रतिशत बढी मत ल्याउन सक्छौं भन्ने अंकगणित थियो । त्यो भन्दा पनि अझै गठबन्धनमा धाँधली र अरु नै केही भयो भने बिग्र्यो भने, चरम पैसाको खोलो बगाए भने हामी ३० प्रतिशतमा खुम्चिन सक्छौं भन्ने आंकलन हो । समग्रमा हेर्दा गठबन्धन त्यति धेरै शक्तिशाली होइन । गठबन्धनबीच एमालेले ठिकै मत प्राप्त गरेको छ ।

यही गठबन्धन कायम रहने हो भने आगामी संघीय चुनावमा एमाले थप बढारिन सक्ने सम्भावना देखिन्छ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एसका माधवकुमार नेपालले एमालेले आफूहरुलाई प्रधानमन्त्री बन्ने अफर गरेको दाबी गरेका छन् नि खास कुरा के हो ?

एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गरेको छैन । उनीहरुले बोलेको कुरा अफवाह हो । उनीहरुले अनुमान गरेका छन् । बोलेका छन् । एमालेले उनीहरुलाई प्रधानमन्त्री अफर किन गर्ने ?

पार्टीभित्र अन्तर्घात भएको भन्ने पनि नेताकार्यकर्ताहरु अनुशासनमा रहन नसकेर एमालेले जनमत गुमाएको भन्ने कुरा अध्यक्ष स्वयम् आफैंले गरेका छन् नि ?

पार्टीभित्र खासै अन्तर्घात भएको होइन । अलिकति अराजक देखिएकै हो । आफ्नो मान्छेले टिकट नपाएको भन्ने लागेका केही नेताकार्यकर्ताहरु एमालेलाइ हराउन लागे भन्ने हो ।  जस्तो अनुशासन हुनुपर्ने थियो त्यस्तो अलिकति नदेखिएकै हो । टिकट वितरणमा सबैलाई चित्त नबुझ्दा अलिकति अनुशासनविपरित कामहरु भएको हो ।

मुलुक अब कसरी अगाडी जानुपर्छ ? गठबन्धनप्रति तपाइंको धारणा के हो ?

देशघाती, दक्षिणपन्थी, अस्थिरताको कारक भनेको यो गठबन्धन हो । अग्रगमनका , सुशासन र देशको हितका लागि यो गठबन्धन टुट्नुपर्छ ।

यो पनि – नेतृत्व बिहिन विवेकसिल साझा : बैकल्पिक पार्टीको अस्तित्व सकिएकै हो ?  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट