संसद अवरोधको समस्या- बालकोट गएर पार नलागेपछि देउवा सुटुक्क राष्ट्रपति निवासतिर-Sutra News

संसद अवरोधको समस्या- बालकोट गएर पार नलागेपछि देउवा सुटुक्क राष्ट्रपति निवासतिर

बिहिबार, १३ माघ २०७८

बिहिबार, १३ माघ २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारी बीच बिहीबार भेटवार्ता भएको छ ।



उनी दिउँसो राष्ट्रपति भेट्न उनकै निवास पुगेका थिए ।

उनीहरुबीचको भेटमा राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन समयमै गराउन प्रधानमन्त्री देउवालाई आग्रह गरेकी थिईन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले एमालेले संसद अवरोध गरेको विषयलाई राष्ट्रपतिलाई ध्यानाकर्षण गराएका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सदन अवरोध नगरिदिन पहल गरिदिन राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

संसद अवरोधको समस्यालाई हटाउन देउवा यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष एमालेले गएको साउनदेखि निरन्तर सदन अवरोध गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट