प्रहरी प्रधान कार्यालयले गर्यो ३४ एसपीको सरुवा, ७ जिल्लाका इन्चार्ज परिवर्तन-Sutra News

प्रहरी प्रधान कार्यालयले गर्यो ३४ एसपीको सरुवा, ७ जिल्लाका इन्चार्ज परिवर्तन

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाइएको छ । झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ । भट्टराई इन्चार्जबाट इन्चार्जमा सरुवा भएका हुन् ।



जिल्ला प्रहरी कार्यालय सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, काभ्रेमा चक्रराज जोशी, पाल्पाको इन्चार्जमा जनक बहादुर शाही र बारामा दिलीपसिंह देउवालाई सरुवा गरिएको छ । पूर्वी नवलपरासीमा प्रज्वल महर्जनको सरुवा भएको छ ।

कञ्चनपुरमा श्यामसिंह चौधरीलाई पठाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सुशीलसिंह राठौरलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट