ओलीले सोधे- केहि रौँ झर्दैमा टाउको सबै सिद्धिएको हुन्छ?-Sutra News

ओलीले सोधे- केहि रौँ झर्दैमा टाउको सबै सिद्धिएको हुन्छ?

शनिबार, १२ भाद्र २०७८

शनिबार, १२ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले नयाँ पार्टी खोल्नु एमालेबाट एक दुई पात खस्नु जस्तै भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजना गरिएको युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



त्यस्तै ओलीले टाउकोबाट एक/दुई वटा कपालको रौँ झर्दैमा कपाल खाली नहुने उल्लेख गरे । एक/दुईटा कपाल झर्दैमा टाउको सबै सिद्धिएको हुन्छ? त्यस्तै एक/दुईटा कपाल झरेजस्तै हो अहिले,’ उनले भने।

कार्यक्रममा बोल्दै नेता ओलीले भने ‘एकदुई पात खस्दैमा रुखले पीर मानेर बस्दैन। नयाँ-नयाँ पालुवाहरु पलाउँदै जान्छन्। हाँगा उचाइतिर लाग्दै जान्छ ।’

उनले माधव नेपालले महासागरमा पौडिन नजानेर खाल्डो खनेकोसमेत बताए । उनले भने, ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् ।’  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट