ओलीका कारण नयाँ दल दर्ता गर्नुपर्ने बाध्यता आयो- माधव नेपाल-Sutra News

ओलीका कारण नयाँ दल दर्ता गर्नुपर्ने बाध्यता आयो- माधव नेपाल

बिहिबार, १० भाद्र २०७८

बिहिबार, १० भाद्र २०७८

काठमाडौँ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सिद्धान्तहरुलाई तिलान्जली दिन खोजेपछि आफूहरुले नयाँ पार्टी खोल्न बाध्य भएको बताएका छन् ।



बिहीबार पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले आफूहरुले धेरै दुख सहेर नयाँ पार्टीको निर्माण गरेको उल्लेख गरे । कम्युनिष्ट आन्दोलनमा नयाँ अध्याय सुरु गर्न लागेको नेपालको भनाई छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता नेपालले नयाँ दल दर्ता गरेका थिए । उनले हिजो बुधबार दल दर्ताको प्रमाणपत्र पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट