अब कोहीसँग पनि हेपिएर बस्दैनाैंः माधव नेपाल-Sutra News

अब कोहीसँग पनि हेपिएर बस्दैनाैंः माधव नेपाल

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले अब कोहीसँग पनि हेपिएर नबस्ने बताएका छन् । मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताएका हुन् ।



नेता नेपालले आफूहरूले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने जिकिर गरे । नेता नेपालले दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहने आफ्नो अठोट रहेको बताए । उनले अहिले दम्भी, घमण्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता रहेको धारणा पनि राखे ।

नेता नेपालले कर्णाली प्रदेशसभा सदस्य पदबाट मुक्त भएका चार सांसदलाई उपनिर्वाचन मार्फत फेरि जिताएर ल्याउने दावी गरे । कर्णालीका चार सांसदको राजनीतिक भबिष्य अन्योलमा नपरेको उनको भनाइ छ ।

त्यस्तै माधव पक्ष अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पार्टी विभाजन गर्नेबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

कार्यक्रममा सामुदायिक विद्यालयबाट एसइई र कक्षा १२ उतिर्ण गरी चिकित्सा शिक्षा आयोगदवार लिइएको एमविविएस प्रवेश परिक्षामा सर्वोत्कृष्ट छात्र आशिक झालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट