एमालेभित्र चलिरहेको वार्ता निर्लज्ज – नेता राई-Sutra News

एमालेभित्र चलिरहेको वार्ता निर्लज्ज – नेता राई

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

नेकपा एमालेका नेता राजेन्द्र राईले पार्टीभित्र भइरहेको वार्ता निर्लज्ज भएको आरोप लगाएका छन् ।



बुधवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै राईले भनेका छन् –  ‘वार्ता र चाहिएको, चाहेको हो भने वार्ता आरम्भ भएर सहमतिको खाका निर्माण गरिदै गर्दा फेरि एकपछि अर्को गर्दै कारबाहीको डण्डा किन चलाउनु ? खुँदै वार्ता टोलीका शीर्ष सदस्यलाई समेत कारबाही किन गर्नु ? एकता चाहने हो भने बरु गरिएका कारवाहीहरुको फुकुवा गर्दै पो जानु पर्छ त!’

उनले वार्ता आरम्भपछि आफ्ना शीर्ष नेताहरु सहित अनेक दबाबसँग जुझेर अति कठिन परिस्थितिमा आफ्ना पछि लागेका सांसदहरुलाई र खुद वार्ता टोलीका एक शीर्ष नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको आरोप लगाए । ‘कारबाही गर्ने नियतले वार्ता टोलीका अन्य २ सदस्यलाई स्पष्टीकरण सोध्ने र विभिन्न प्रदेशका सांसदहरुलाई कारबाही प्रक्रिया आरम्भ गरिएको अवस्थामा कुन मुख लिएर वार्ता गर्न सकिन्छ ?’ उनको प्रश्न छ ।

उनले यथाअवस्थाको वार्ता अनाधिकृत वा व्यक्तिगत मात्र हो र यो वार्ता निर्लज्ज प्रकृतिको समेत रहेको आरोप लगाए ।

उनले यदि साँच्चै आधिकारिक वार्ता गर्ने हो भने नयाँ परिस्थिति निर्माण गरी नयाँ सहमति(वार्ताकै लागि पनि) जरुरी रहेको औंल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट