राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिटको बाढी ! -Sutra News

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिटको बाढी ! 

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

असंवैधानिक रूपमा नयाँ सरकार गठनको समयसीमा तोकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा धमाधम रिटहरू पुगेका छन् ।



छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालतमा अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र ज‍ोशी पुगेका छन् भने अन्य अधिवक्ताहरू पनि पुग्ने क्रम जारी छ ।

सबै रिटहरूमा राष्ट्रपतिबाट नै संविधानको उल्लङ्घन भएकाले उत्प्रेषण आदेशद्वारा राष्ट्रपतिको कदम बदर गर्न माग गरिएको छ ।

संविधानको धारा ७६ को उपधारा तीन बमोजिम अल्पमतको प्रधानमन्त्रीका रूपमा नियुक्त ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको बाटो खुल्न नसक्ने दाबी ती रिटहरूमा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट