झाँक्रीको टिप्पणी : ओलीको अहंकार उस्तै छ, देवकोटालाई बधाई-Sutra News

झाँक्रीको टिप्पणी : ओलीको अहंकार उस्तै छ, देवकोटालाई बधाई

बिहिबार, ६ जेष्ठ २०७८

बिहिबार, ६ जेष्ठ २०७८

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीको ओलीको अहंकार उस्तै रहेको टिप्पणी गरेकी छन् ।



बिहीवार साँझ फेसबुकमा लेख्दै झाँक्रीले पार्टीभित्रको परिस्थितिमा कुनै बदलाव नआएको र ओलीको अहंकार उस्तै रहेको टिप्पणी गरेकी हुन् ।

‘संसद सदस्यबाट नै राजिनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने ?’ उनले लेखेकी छन्, ‘यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो। तर अहिले पार्टी भित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं ।’

उनले पार्टीभित्रको परिस्थितिमा कुनै बदलाव नआएको उल्लेख गरेकी छन् । ‘अहंकार उस्तै छ । अन्यायको विरुद्ध विद्रोह निश्चित छ । डा. देवकोटालाई बधाई,’ उनले लेखेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट