बाबुराम भट्टराईको ट्युमरको शल्यक्रिया हुने, आज अस्पताल भर्ना हुँदै-Sutra News

बाबुराम भट्टराईको ट्युमरको शल्यक्रिया हुने, आज अस्पताल भर्ना हुँदै

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

काठमाडाैं – निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान हुन थालेका छन्।



अत्यावश्यकबाहेक संचालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका छन्। संक्रमण र भोकको अभाव हुने डरमा काठमाडौंलाई कर्मथलो बनाएर बस्नेहरू केही दिनअघि धमाधम आफ्नै जिल्ला फर्किए।

काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहानैदेखि निषेधाज्ञा सुरु भएको हो।

उपत्यकाका मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरी खटिएका छन्। उपत्यकामा कोरोना संक्रमण दर एक्कासि बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। यो निषेधाज्ञाको समय वैशाख २२ गते मध्यरातिसम्म तोकिएको छ। त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट