‘बेपत्ता’ गण्डकीका सांसद शाहीको दोस्रो कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ-Sutra News

‘बेपत्ता’ गण्डकीका सांसद शाहीको दोस्रो कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ

बिहिबार, १६ बैशाख २०७८

बिहिबार, १६ बैशाख २०७८

काठमाडाैं : ‘संसद छलेर बेपत्ता’ भएका गण्डकी जनमोर्चाका प्रदेश सभा सदस्य खिमविक्रम शाहीको दोस्रो कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ। 



बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा भएको परीक्षणअनुसार शाहीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

बुधबार शाहीका स्वकीय सचिव मिलन हमालका अनुसार उनलाई करिब मध्याह्न १२ बजे एक्कासि स्वास्थ्यमा गडबडी आएपछि चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनै लाग्दा उनी अस्पताल भर्ना भएका थिए। उनलाई हाल पोखरास्थित चरक मेमोरियल अस्पतालमा राखिएको छ। 

यद्यपि उनको सरकारी कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो। निजी प्रयोगशाला लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा भने उनमा कोरोना पोजेटिभ पाइएको हो। 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मंगलबारै गरिएको परीक्षणको नेगेटिभ रिपोर्ट बुधबार बिहान दिएको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट