परिवारमा आफूलाई मात्र कोरोना संक्रमण भएपछि झुण्डिएर आत्महत्या-Sutra News

परिवारमा आफूलाई मात्र कोरोना संक्रमण भएपछि झुण्डिएर आत्महत्या

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडाैं – गोरखामा एक कोरोना संक्रमित पुरुषले झुण्डिएर आत्महत्या गरेका छन्। घरमै आइसोलेसनमा बसिरहेका उनले हिजो मंगलबार आत्महत्या गरेका प्रहरीले जनाएको छ। 



प्रहरीका अनुसार गोरखा नगरपालिका–१४ का ३६ वर्षका सुब्बा उप्रेतीले कोठाभित्र सलको पासो लगाएर आत्महत्या गरेका हुन्।

भारतमा रोजगारी गर्दै गर्दै आएका उनी चैत २६ गते नेपाल आएका थिए। नेपाल आएर कोरोना परीक्षण गराएपछि उनमा संक्रमण देखिएको थियो। संक्रमित भएको ५ दिनमै उनले देहत्याग गरेका परिवारले जनाएको छ। परिवारका अनुसार संक्रमित भएपछि उनी टोलाइरहने तथा मानसिक तनावमा थिए।

आफ्नो मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको र परिवारमा कसैमा संक्रमण नभएपछि उनले आत्महत्या गरेका हुन्। कोरोना पुष्टि भएका कारण उनको शव पोष्टमार्टम नगरी व्यवस्थापन तयारी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट