निषेधाज्ञामा अभाव हुन नदिन सरकारले बनायो यस्तो टिम, उपभोक्तालाई निकै सहज हुने-Sutra News

निषेधाज्ञामा अभाव हुन नदिन सरकारले बनायो यस्तो टिम, उपभोक्तालाई निकै सहज हुने

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडाैं – कोरोना संक्रमण बढ्न थालेपछि सरकारले काठमाडाैं उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ। 



महामारी नियन्त्रणका लागि सरकारले हरप्रयास गर्ने बताएको छ। तर ‘लकडाउन’ कारण सर्वसाधारणलाई दुःख नहोस् र अत्यावश्यक सेवाको आपूर्ति सहज पार्न एक ‘उच्चस्तरीय र्‍यापिड रेस्पोन्स टिम’ बनाएको छ। 

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको यो टिमको काम निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ, दैनिक उपभोग्य समाग्रीको ढुवानी र आपूर्ति तथा त्यस्ता वस्तुहरुको उत्पादन र वितरणका समस्या हल गर्ने भनिएको छ।

समस्या देखिए टिममा भएका सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न मोबाइल नम्बरसहित जिम्मेबार व्यक्ति पनि तोकिएको छ। 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा निषेधाज्ञाको समयमा आपूर्ति प्रणाली सहन पार्न सरोकारवाला मन्त्रालयका अधिकारीहरु सम्मिलित टिम बनाएको जानकारी दिएको छ।

आपूर्ति व्यवस्थापनमा आपूर्ति मन्त्रालय सह–सचिव प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमनको सहजताका लागि गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामाग्रीको आपूर्तिको समस्या आएमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरे, उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय प्रवक्ता सह(सचिव डाक्टर नारायणप्रसाद रेग्मीलाई जिम्मेवार व्यक्ति तोकिएको छ।rapid-responce-team.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट