भारतमा मास्क नलगाउनेलाई २ हजार जरिवाना, नेपालमा के छ नियम ?-Sutra News

भारतमा मास्क नलगाउनेलाई २ हजार जरिवाना, नेपालमा के छ नियम ?

बिहिबार, ४ मंसिर २०७७

बिहिबार, ४ मंसिर २०७७

एजेन्सी- भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए ।



मास्क अनिवार्य रुपमा लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैयाँ मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पु¥याएको उनले बताए ।

केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । ‘दिल्लीमा पछिल्लो समयमा कोरोना भाइरसबाट संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन,’ मुख्यमन्त्री केजरीवालले भने ।

उनले भिडभाड हुने वा गर्नु पर्ने सबै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्युनिकरण गर्न र भिडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गरे । धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उनले चिन्ता व्यक्त गरे ।

कोरोना भाइरसको महामारीको अवस्थाका बारेमा समीक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि उनले थप कडाई गर्न लागिएको जानकारी दिएका हुन् । बैठक पछिको पत्रकार सम्मेलनमा उनले जनताको जीवन बचाउनका लागि संयुक्त रुपमा काम गर्न सबै पार्टीहरु सहमत भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट