सोमबार थप १ हजार १ सय ९७ जनामा कोरोना संक्रमण-Sutra News

सोमबार थप १ हजार १ सय ९७ जनामा कोरोना संक्रमण

सोमबार, १ मंसिर २०७७

सोमबार, १ मंसिर २०७७

काठमाडौं- सोमबार थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ मा कोरोना संक्रमण पुष्टि भएको हो ।



योसँगै संक्रमितको संख्या दुई लाख १० हजार ९७३ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा ९ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ ।

योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ ।  पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या एक लाख ७६ हजार ३ सय ६४ रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट