आइतबार थप १ हजार ४ सय ७७ जनामा कोरोनाको संक्रमण पुष्टि-Sutra News

आइतबार थप १ हजार ४ सय ७७ जनामा कोरोनाको संक्रमण पुष्टि

आइतबार, ३० कार्तिक २०७७

आइतबार, ३० कार्तिक २०७७

काठमाडौं- आइतबार थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ मा कोरोना संक्रमण पुष्टि भएको हो ।



योसँगै संक्रमितको संख्या दुई लाख ९ हजार ७७६ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा ६ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या एक लाख ७३ हजार ४ सय ३० रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट