कोरोनाकालमै पूरा भयो अक्षय कुमारको ‘बेल बट्टम’-Sutra News

कोरोनाकालमै पूरा भयो अक्षय कुमारको ‘बेल बट्टम’

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

एजेन्सी- अक्षय कुमारको ‘बेल बट्टम’ सिनेमा कोरोनाकालमा सुटिङ भएर प्रदर्शनमा आउन तयार हुने पहिलो सिनेमा बनेको छ।



सिनेमाको सुटिङ सकिएसँगै अक्षयको सिनेमा महामारीकै अवधीमा सम्पूर्ण काम पूरा गर्ने पहिलो सिनेमा भएको हो। बेल बट्टमले आफ्नो सुटिङ स्कटल्याण्डमा पूरा गरेको हो।

सुटिङ सकिएसँगै अक्षयले नयाँ पोष्टर पनि सार्वजनिक गरेका छन्। आफ्नो ट्विटरमा सिनेमाको पोष्टर राख्दै उनले चलचित्रको निर्माणमा सहकार्य गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्। उनले लेखेका छन्, ‘एक्लैले थोरै मात्र गर्न सक्छौं। सबै मिलेर गर्यौ भने धेरै कुरा हुन्छ। म हरेक कलाकार र चलचित्रको निर्माणको समूहप्रति आभारी छु।’

बेल बट्टम एक ‘स्पाई थ्रिलर’ सिनेमा हो। सिनेमाको मुख्य भूमिकामा अक्षयसँगै बानी कपुरले अभिनय गरेकी छिन्। पूर्वघोषित मिति अनुसार सिनेमालाई आउँदो वर्ष २०२१ को अप्रिल २ गते विश्वभर प्रदर्शन गर्ने घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट