नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं- नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार २ सय २९ स्वाब परीक्षणमा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यससँग नेपालमा संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ। कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेहरुको संख्या १ सय ९५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४ सय १५ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ६९ जना संक्रमण मुक्त भएका मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट