थप ८८५ जनामा कोरोना संक्रमण, एकैदिन ११ जना संक्रमितको मृत्यु-Sutra News

थप ८८५ जनामा कोरोना संक्रमण, एकैदिन ११ जना संक्रमितको मृत्यु

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २५३ जनामा गरिएको पीसीआर परीक्षणमा यी संक्रमित भेटिएका हुन्।



योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। त्यस्तै थप ३८५ जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म १९ हजार ५०४ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट हालसम्म १७५ जनाको मृत्यु भएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा ३०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट