एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

दाङ–एकै परिवारका आठसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका–४ का एकै परिवारका ८ सहित ९ जना, शान्तिनगर–३ का १ जना र शान्तिनगर–५ का एक र लक्ष्मी बैंक घोराहीका ३ जनामा कारोना सङक्रमण पुष्टि भएको हो।



संक्रमित हुनेमा पाँच बर्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन्। शान्तिनगरका सङक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए।

उनका अनुसार संक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ। शान्तिनगरमा अहिले १२ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट