ओली पूरा कार्यकाल प्रधानमन्त्री, प्रचण्डलाई पार्टीमा कार्यकारी अधिकार [कार्यदलको पूर्ण पाठसहित]-Sutra News

ओली पूरा कार्यकाल प्रधानमन्त्री, प्रचण्डलाई पार्टीमा कार्यकारी अधिकार [कार्यदलको पूर्ण पाठसहित]

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

काठमाडौं- पार्टीभित्र देखिएका विवाद समाधानका लागि सुझाव दिन गठन गरिएको नेकपा कार्यदलले अध्यक्षद्वयको स्पष्ट कार्यभिजानसहित सिफारिस गरेको छ।



शनिबार बुझाइएको १८ पृष्ठ लामो प्रतिवदेनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको पूरा कार्यकाल प्रधानमन्त्रीको रुपमा काम गर्ने उल्लेख गरिएको छ।

‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र मूलतः सरकारको काममा केन्द्रीत हुने,’ प्रतिवेदनमा भनिएको छ।

त्यस्तै प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्न सिफारिस गरिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुनेछ।’

यस्तो छ कार्यदलले बुझाएको प्रतिवेदनको पूर्णपाठ:

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट