वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण-Sutra News

वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

वीरगञ्ज–पर्सामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।



वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिका गरी दुई स्थानीय तहका ३४ जनामा संक्रमण देखिएका हुन्। संक्रमण देखिनेमा वीरगञ्ज महानगरपालिका १४ पुरुष र ६ जना महिला गरि २० जना तथा पर्सागढी नगरपालिका–८ का १४ जना पुरुष, वीरगञ्ज–१५ भिस्वाका ९ पुरुष र ४ महिला गरी १३ जना, वडा नम्बर ४, ६, ११, १२, १६, २१ र २४ का एक–एकजना रहेका छन् ।

यो संख्यासँगै हालसम्म पर्सामा कोरोना संक्रमितहरूको कुल संख्या एक हजार ९ सय ४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट