अमेरिकाले लगाएको प्रतिबन्धविरुद्ध कानुनी उपचार सुरु गर्दै टिकटक-Sutra News

अमेरिकाले लगाएको प्रतिबन्धविरुद्ध कानुनी उपचार सुरु गर्दै टिकटक

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

एजेन्सी–चिनियाँ भिडिओ शेयरिङ एप टिकटकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको प्रतिबन्धलाई चुनौती दिन कानुनी उपचार खोज्न थालेको छ।



राष्ट्रपति ट्रम्पको एउटा कार्यकारी आदेशले मध्यसेप्टेम्बरदेखि टिकटकको स्वामित्व भएको कम्पनी बाईटडान्ससँग कारोबार गर्न निषेध गरेको छ।

बीबीसीका अनुसार अमेरिकी अधिकारीहरूले टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई पठाउन सक्ने आशङ्का व्यक्त गरेका छन्। तर बाईटडान्सले त्यस्ता आशङ्का तथा आरोप निराधार रहेको बताउँदै आएको छ।

छोटा भिडिओहरू शेअर गर्न मिल्ने उक्त एपको अमेरिकामा आठ करोड सक्रिय प्रयोगकर्ता छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट