पिएसजी महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा-Sutra News

पिएसजी महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

एजेन्सी–पेरिस सेन्ट–जर्मेन (पिएसजी) महिला च्याम्पियन्स लिग फुटबलको सेमिफाइलनमा पुगेको छ। अन्तिम ८अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनललाई २–१ गोलअन्तर्गतले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।



पिएसजीका लागि मारिया–एन्तोइनेते कोतोतो र सिग्नी ब्रूनले गोल गरिन्। आर्सनलका लागि बेथ मिएडले एक गोल फर्काएकी हुन्। फाइनल प्रवेशका लागि पिएसजीले अन्तिम चारमा अर्को फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट