नोलन निर्देशित ‘टेनेट’को ट्रेलर सार्वजनिक-Sutra News

नोलन निर्देशित ‘टेनेट’को ट्रेलर सार्वजनिक

शनिबार, ६ भाद्र २०७७

शनिबार, ६ भाद्र २०७७

काठमाडौं- क्रस्टोफर नोलन निर्देशित साइन्स फिक्सन सिनेमा ‘टेनेट’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रका निर्माताहरुले आज शनिबार चलचित्रको ट्रेलर सार्वजनिक गरेका हुन्।



चलचित्रको ट्रेलरमा भरपुर एक्सन देखाइएको छ। तीन मिनेट लामो ट्रेलरमा मुख्य गरी चलचित्रमा सकरात्मक भूमिकामा अभिनय गरेका जोन डेभिड वासिङ्टन र रोबर्ट पोट्टिनसनको वरपर घुमेको छ।
चलचित्रमा नकरात्मक भूमिकामा देखिएका केन्निथ ब्रानाघ पनि ट्रेलरमा देखिएका छन्।

टेनेटलाई विभिन्न सात देशमा छायांकन गरिएको छ। आगामी सेप्टेम्बरमा यो चलचित्र प्रदर्शन हुने भनिए पनि कोरोना भाइरसको जोखिमका कारण प्रदर्शन मिति सर्नसक्ने अनुमान गरिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट