‘द ब्याटमेन’को लोगोको फस्ट लुक सार्वजनिक-Sutra News

‘द ब्याटमेन’को लोगोको फस्ट लुक सार्वजनिक

शनिबार, ६ भाद्र २०७७

शनिबार, ६ भाद्र २०७७

काठमाडौं‌- बलिउड निर्देशक मेट रिखेसले बिहीबार आफ्नो आगामी सिनेमा ‘द ब्याटमेन’को लोगोको फस्ट लुक सार्वजनिक गरेका छन् ।



५४ वर्षीय निर्देशकको प्रतिक्षित सिनेमाको लोगोको पहिलो लुक ट्विटरमार्फत सार्वजनिक गरिएको हो । सँगै उनले भर्चुअलमाध्यमबाट तयार गरिएको टिजर पनि सार्वजनिक गरेका छन् ।

bataman.PNG

आगामी सुपरहिरो चलचित्र ‘द ब्याटमेन’को सुटिङ आउँदो सेप्टेमबरको सुरुवातबाट हुने भनिएको छ । कोरोना भाइरसको कारण चलचित्रको छायांकनको समय पनि पछि परेको थियो ।

वार्नस ब्रोज स्टुडियोको प्रोडक्सनमा निर्माण भइरहेको सिनेमा आगामी २०२१ को अक्टोबरमा प्रदर्शनमा जाने भनिएको छ । चलचित्रमा पल डेनो, जोन टुरटुर्‍रो, एन्डी सेरकिज्, कोलिन फार्‍रेल्ल लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट