अक्षय कुमारको नयाँ फिल्म ‘बेल बटम’ को छायांकन सुरु-Sutra News

अक्षय कुमारको नयाँ फिल्म ‘बेल बटम’ को छायांकन सुरु

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

एजेन्सी–भारतीय अभिनेता अक्षय कुमारले आफ्नो आगामी सिनेमा ‘बेल बटम’को सुटिङ बेलायतमा सुरु भएको बताएका छन्। बिहीबार उनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै चलचित्रको सुटिङ सुरु भएको बताएका हुन्।



‘लाइट्स, क्यामेरा, मास्क अन एण्ड एक्सन’, उनले भिडियोको क्याप्सनमा लेखेका छन्,‘नयाँ मापदण्डहरू पालन गरेर फिल्मको सुटिङ सुरु गरेका छौं।’

भिडियोमा उनी क्ल्यापबोर्ड समातेर र अनुहारमा मास्क लगाएका छन्। यो चलचित्रका निर्माण पक्ष तथा कलाकारहरू यो महिनाको सुरुवातमा बेलायत गएका थिए। बेलायत पुगेर १४ दिनसम्म क्वारेन्टाइनमा बसेपछि उनीहरूले चलचित्रको छायांकन सुरु गरेका हुन्।

चलचित्रमा अक्षय कुमारसँगै हुमा कुरेसी, लारा दत्त र भानी कपुर छन्। चलचित्र आगामी वर्ष सन् २०२१ को अप्रिल २ मा रिलिज हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट