विपिन कार्की ग्लेसियर कलेजका ब्राण्ड एम्बेस्डर-Sutra News

विपिन कार्की ग्लेसियर कलेजका ब्राण्ड एम्बेस्डर

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

काठमाडौं-ग्लेसियर इन्टरनेसनल स्कुल एवम् कलेजले कलाकार विपिन कार्कीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ।कार्कीलाई भाद्र १ गतेदेखि लागु हुने गरि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको कलेज तथा स्कुल व्यवस्थापक समितिले जानकारी दिएको छ। 



कलेजका प्रिन्सिपल दिवश शाक्यले शिक्षा क्षेत्रमा मनोरञ्जन र कला क्षेत्रलाई पनि जोड्नुपर्ने आवश्यकता औल्याउँदै कलाकार कार्कीले आफ्नो भूमिका निभाउने विश्वास दिलाए। कलाकार कार्कीलाई ब्राण्ड एम्बेस्डर बनाउन पाउनु स्कुल एवम् कालेजको लागि पनि गौरवको विषय भएको बताए।

कार्यक्रममा एसोसिएट प्रोफेसर सरोज मिश्रले फिल्म कलाकारको फलोअर्स धेरै हुने सुनाउँदै कलाकार कार्कीले सही र गलत छुट्याएर कुरालाई सही र गलत कुरालाई गलत भने र स्कुल तथा कलेज व्यवस्थापनलाई सल्लाह-सुझाव दिनुपर्ने बताए।

कार्यक्रममा कलाकार कार्कीले कलेजको ब्राण्ड एम्बेस्डर बन्न पाएकोमा खुसी व्यक्त गर्दै शिक्षा क्षेत्रमा कलालाई सम्मान गरिएको महसुस भएको बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट