‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’मा सेनालाई गलत प्रस्तुत गरिएको भन्दै सेन्सर बोर्डलाई पत्र-Sutra News

‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’मा सेनालाई गलत प्रस्तुत गरिएको भन्दै सेन्सर बोर्डलाई पत्र

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

एजेन्सी–भारतीय वायुसेना (आईएएफ)ले भारतीय सेन्सर बोर्डलाई ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ मा नकरात्मक प्रस्तुति गरिएको भन्दै पत्राचार गरेको छ। इन्डिया टिभी न्युजका अनुसार उक्त चलचित्रले वायुसेनामा देखाइएको ‘लैङ्गिक असमानता अनावश्यक र अतिरञ्जित’ भएकाले पत्रचार गरिएको हो।



चलचित्रमा भारतीय वायुसेनाको संस्थागत कार्यशैलीलाई नकरात्मक र अनावश्यक रूपमा अतिरञ्जित देखाइएको उनले बताएका छन्। यो सिनेमा सन् १९९९ कार्गिल युद्धमा खटिएकी पहिलो महिला पाइलट गुञ्जन सक्सेनाको जीवनमाथि आधारित रहेर बनेको छ। चलचित्रलाई करण जोहर ड्रामा प्रोडक्सनले निर्माण गरेको हो।

नाम नखुलाइएका उक्त सेनाका अधिकारीलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ,‘भारतीय वायुसेनाले केन्द्रीय प्रमाणिकरण  बोर्डलाई चलचित्रमा भएका कतिपय दृश्यले भारतीय वायुसेनाको संस्थागत शैलीलाई गलत देखाएको भन्दै पत्रचार गरेको हो।’ उनका अनुसार संस्थाले चलचित्र प्रसारण भएको माध्यम नेटफ्लिक्सलाई पनि सोही पत्र पठाएको छ।

ती अधिकारीका अनुसार चलचित्र प्रसारण हुनु अगाडि नै भारतीय वायुसेनाले अनावश्यक र अनिरञ्जित रहेका यी दृश्यहरू हटाउन भनिएको थियो। तर,चलचित्र प्रसारण ती दृश्यसहित भएकाले कानुनी कारवाहीतर्फ संस्था लागेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट