बलिउड फिल्म निर्देशक निशिकान्त कामतको निधन-Sutra News

बलिउड फिल्म निर्देशक निशिकान्त कामतको निधन

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

मुम्बई- भारतीय सिनेमामा सफल र चर्चित निर्देशकको रुपमा स्थापित निशिकान्त कामतको निधन भएको छ। उनको ५० वर्षको उमेरमा निधन भएको हो।



दृश्यम र मदारी गरी दुई चलचित्रको निर्देशन गरेका कामतको विभिन्न अंगहरुले काम गर्न नसक्दा निधन भएको हो। सोमबार हैदरावादको एआइजी अस्पतालमा उनको निधन भएको भारतीय अभिनेता रितेश देशमुखले बताएका हुन्।

देशमुखले आफ्नो ट्वीटरमार्फत् कामतको निधन भएको पुष्टि गरेका छन्। उनले लेखेका छन्, ‘हामी तिमीलाई याद गर्ने छौं प्रिय साथी।’

कलेजोसहित अन्य विभिन्न अंगमा भएका समस्याहरुबाट गुज्रिरहेका कामत गत जुलाई ३१ गते अस्पतालमा भर्ना भएका थिए। उनको निधनलाई लिएर भारतीय अभिनेता अक्षय कुमार, निमरात कौर, रणदीप होडालगायत बलिउड कलाकारहरुले शोक प्रकट गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट