सुशान्तको मृत्यु घटनामा सिबीआईले छानविन गर्न माग-Sutra News

सुशान्तको मृत्यु घटनामा सिबीआईले छानविन गर्न माग

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

एजेन्सी–भारतीय अभिनेता सुशान्त सिंह मृत्यु भएको महिना दिन बितिसक्दा पनि प्रहरीले गरेको अनुसन्धान कुनै लक्ष्यमा पुग्न सकेको छैन। यसैबीच उनको मृत्युको मुद्दालाई केन्द्रीय अन्वेषण ब्यूरो (सिबीआई) ले हेर्नुपर्ने माग उठेको छ।



सामाजिक सञ्जालमार्फत् चलिरहेको यो मागमा बलिउड अभिनेता बरुण धावनले पनि सहमति जनाएका छन्। धावनले आफ्नो इन्स्टाग्रामको स्टोरीमा सुशान्तको मृत्युको मुद्दालाई सिबीआईले हेर्नुपर्ने भन्दै लेखेका थिए।

सुशान्तकी सहकर्मी कृति सेनन र उनकी पूर्वप्रेमिका अंकिता लोखन्डेले इन्स्टाग्राममा सुशान्तको मृत्युलाई सिबीआईले हेर्नुपर्ने बताएसँगै बरुणले पनि यस्तो स्टोरी राखेका हुन्।

सुशान्त सिंह राजपुत गत जुन १४ मा आफ्नै अपार्टमेन्टमा मृत फेला परेका थिए। उनको मृत्युसँगै बलिउडमा नातावाद,कृपावाद तथा ‘आउडसाइडर’ जस्ता भनाइहरू चर्चामा आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट