६ अभिनेत्रीको एक स्वर – पूजाको लागि पनि लड्छौँ, साम्राज्ञीको लागि पनि लड्छौँ-Sutra News

६ अभिनेत्रीको एक स्वर – पूजाको लागि पनि लड्छौँ, साम्राज्ञीको लागि पनि लड्छौँ

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

काठमाडौं– ‘रजतपट’का प्रस्तोताले अभिनेत्री पूजा शर्मालाई इंगित गर्दै शारीरिक टिप्पणी गरेपछि धेरै अभिनेत्री यसविरुद्ध खुलेरे बोले । तर, अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले आफूले भागेको यौन दुर्व्यवहारको घटना बाहिर ल्याउँदा प्रायः अभिनेत्री मौन देखिए ।



त्यसैले पूजाको समर्थनमा बोलिरहेका अभिनेत्रीहरुमाथि यतिखेर एउटा प्रश्न उठिरहेको छ– ‘साम्राज्ञीको त्यति गम्भीर विषयमाचाहिँ किन चुँइक्क नबोलेको ?’

लगातार प्रश्न उठेपछि नेपाली फिल्मका ६ अभिनेत्रीहरुले मंगलबार साँझ एउटा स्टाटसमार्फत् एकै स्वरमा यो प्रश्नको सामूहिक जवाफ दिएका छन् । उनीहरुले साम्राज्ञी र पूजा दुवैको लागि आफूहरुले बोल्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सुरुमा अभिनेत्री केकी अधिकारीले पोस्ट गरेको स्टाटसमा पछि ऐक्यबद्धता जनाउँदै अन्य पाँच अभिनेत्रीले सेयर गरेका छन् । सोही स्टाटस सेयर गर्नेहरुमा अभिनेत्रीहरु प्रियंका कार्की, निशा अधिकारी मल्ल, बेनिशा हमाल, ऋचा शर्मा र रिमा विश्वकर्मा रहेका छन् ।

‘राष्ट्रिय स्तरका सञ्चारमाध्यमहरुबाट खुलमखुला नेपाली महिला कलाकारहरुको शारीरिक बनावटमाथि छुद्र टिप्पणी गर्दा र संस्कारको मापदण्ड उनले लगाउने पहिरनसँग जोडिदिँदा हामीले जनाएको विरोधमा, तपाईंहरुको प्रतिकृयात्मक विद्वता ‘यस्तै वा यो भन्दा गम्भीर प्रकृतिको अर्को घटनामा किन बोलिनस्’ भन्नेमै सीमित रहेको देख्दा अफशोच लागिरहेको छ,’ उनीहरुले स्टाटसमा लेखेका छन्, ‘तपाईंहरुको यस्तै टिप्पणीहरुले नै सायद पटकपटक घट्ने यस्तै घटनाहरु समान्यीकरण हुँदा हुन् । कमसेकम एकचोटि साथ र समर्थन दिएर न्यायलाई स्थापित गराउन मद्दत त गर्नुहोस् । लड्नलाई हामीसँग धेरै मोर्चाहरु छन्, विषयहरु छन्।’
keki final.jpg
त्यस्तै, अभिनेत्रीहरुले हरेक समयमा आफूले उत्तिकै शक्तिशाली र ऐक्यताबद्ध भएर बोल्न तथा लड्न नसकेको स्वीकारेका छन् । ‘हो, हामीले सबै बेला उत्तिकै शक्तिशाली र ऐक्यताबद्ध भएर बोल्नुपर्ने विषयमा बोलेनौँ होला, लड्नुपर्ने मैदानमा लडेनौँ होला, अग्रपंक्तिमा उभिन सकेनौँ पनि होला । कमीकमजोरीहरु भए होलान्,’ स्टाटसमार्फत अभिनेत्रीहरुले भनेका छन्, ‘ तर, महोदय, एक मुठ्ठी सास हामी भित्र पनि छ । एक झिल्का आगो हामीसँग पनि छ । र, त्यो सास, त्यो आगो भएसम्म लड्छौँ । हरेक अन्यायको विरुद्धमा लड्छौँ । कहिलेकाहीँ देखिनेगरी आफूले पाएका मञ्चहरुबाट लड्छौँ । कहिलेकाहीँ हात समाइ पंक्तिबद्ध भएर न्यायालयको ढोकासम्म पुगेर लड्छौँ । पूजाको लागि पनि लड्छौँ, साम्राज्ञीको लागि पनि लड्छौँ । लडिरहेका छौँ । संघर्षका माध्यम र स्वरुप फरक भए होलान् तर चिन्ता नगर्नुस्, हामी लड्छौँ ।’

र, यो पनि :

फिल्मकर्मीलाई प्रश्न- मुद्दाका लागि लड्ने कि व्यक्तिका लागि ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट