अभिनेता सुशान्त सिंहको मृत्युका अनुत्तरित प्रश्नहरू-Sutra News

अभिनेता सुशान्त सिंहको मृत्युका अनुत्तरित प्रश्नहरू

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

एजेन्सी–भारतीय अभिनेता सुशान्त सिंहको मृत्युलाई लिएर थुप्रै टिकाटिप्पणी भएका छन्। उनको मृत्युपछि भारतीय सिनेमा क्षेत्रमा नातावाद, कृपावादको बहस पनि उठ्न थालेको छ। तर,सुशान्तको मृत्युकोबारे प्रहरीले अनुसन्धानमा गरिरहे पनि कारण पत्ता लगाउन सकेको छैन।



सुशान्तको मृत्युभएको दुई महिना बितिसक्दा पनि कारण र तथ्यको खोजी झन अस्पष्ट हुँदै गइरहेको छ। सुशान्तका बुबा केके सिंहले एफआइआरमा रिया चक्रवर्तीलाई आरोप लगाएका छन् भने उनको परिवारको पनि यसमा हात रहेको बताएका छन्। प्रहरीले व्यक्तिगत, व्यावसायिक, आर्थिक लगायतका सबै कोणबाट अनुसन्धान गरिरहेको छ ।

विहार प्रहरीबाट भारतीय सिबिआइमा यो मुद्दालाई पुर्याउने कुरा आउनुभन्दाअघि नै यस्ता थुप्रै मोडहरु देखा परेका थिए। अहिलेसम्म विभिन्न कुराहरू बाहिर आएको भएपनि स्पष्ट भने हुन सकेको छैन ।

के सुशान्तलाई मानसिक समस्या थियो ?

सुशान्तको मृत्युलाई लिएर भएका विभिन्न बहसमा असहमत हुन सकिन्छ। तर,उनको मृत्युको कारणलाई सुरुवातमा मानसिक समस्या हो भनेर तर्क गर्नु वा उनलाई मानसिक समस्या थियो भनेर हामी ‘दर्शक’हरुले तर्क दिनु उचित हुँदैन। सुशान्तका बुबाको अनुसार छोराले विभिन्न समयमा मानोचिकित्सक, मनोविश्लेशक लगायतसँग भेटघाट गरेको विषयमा आफूलाई केही पनि थाहा नभएको बताएका छन।अर्कातिर, परिवारको वाट्स एप ग्रुपमा पनि उनलाई मानसिक समस्या भएको कुरालाई पुष्टि गर्ने नभएर विपरित जाने प्रमाणहरु भेटिएका छन्।

सुशान्तले आत्महत्या गर्नुअघिको दिन पार्टी
अनुसन्धानका रिपोर्टहरुले अघिल्लो दिन सुशान्तले घरमा पार्टी राखेको बताइएको थियो। रिपोर्टका अनुसार उनी बसिरहेको अपार्टमेन्टको व्यवस्थापनले अबेरसम्म हुने यस्तो पार्टीलाई अस्विकार गरेको र उनलाई घरबाट बाहिरिन भनिएको थियो। पछिल्लो समय आएको रिपोर्टका अनुसार सुशान्तले कुनै पनि पार्टी राखेका थिएनन्। कोभिड १९ का कारण निषेधाज्ञाकाबीच उनको घरमा पार्टी नभएको  अनुसन्धानले देखाएको छ।

के सुशान्तलाई सलमान खानले साँच्चै गाली गरेका थिए ?
सुशान्तको मृत्युपछि होहल्ला थुप्रै फैलिए। अनुसन्धानका अनुसार अर्का अभिनेता सुरज पंचोली र सुशान्तबीच एक पार्टीमा झगडा भएको कुराले समेत निकै हल्ला पाएको थियो। पार्टीमा सञ्चालक रहेका सलमान खानले सुशान्तले सुरजलाई राम्रो व्यवहार नगरेको भन्दै गाली गरेको कुरा पनि बाहिर आएको थियो। र,अनुसन्धानका अनुसार भने सलमानले सुशान्तलाई पार्टीमा देखाएको हर्कतलाई लिएर त्यस्तो नगर्न भनेका थिए,जुन कैयौं वर्ष अघिको घटना थियो। वर्षौअघि भएको उक्त घटनालाई लिएर ‘सुशान्तको हत्या गरिएको’, जस्ता केही कन्सपिरेसी थ्योरी नै बने।

‘नातावाद’ र ‘बलिउड माफिया’को बहस कहाँ पुग्यो ?
दुई महिना निकै लामो समय भएतापनि सुशान्तले आत्महत्या गर्नुको कारण के थियो भन्ने अहिलेसम पत्ता लगेको छैन। सुशान्तको मृत्युलाई लिएर भइरहेका अनुसन्धानलाई हेरिरहेकाहरुले ‘नतावाद’, ‘बलिउड माफिया’, ‘कृपावाद’ लगायतका बारेमा सुनिसकेका छन्। उनको मृत्युको सुरुवातमा यस्तै कारणहरूले गर्दा उनले आफ्नो ज्यान लिन बाध्य भएको हल्ला निकै व्यापक भएको थियो,जबकी यो कुरा अहिलेसम्म पुष्टि भइसकेको छैन। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट