हामीलाई कसैले महानायिका बनाउनुपर्दैन : अभिनेत्री ऋचा शर्मा-Sutra News

हामीलाई कसैले महानायिका बनाउनुपर्दैन : अभिनेत्री ऋचा शर्मा

आइतबार, २५ साउन २०७७

आइतबार, २५ साउन २०७७

काठमाडौं– अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुक स्टेटस राख्दै रजटपटको अर्थ अहिले मैलो हुँदै गएकाले यसलाई धुनुपर्ने बताएकी छिन् । उनले अभिनेत्री पुजा शर्मामाथि ‘रजटपट’ नामका कार्यक्रम प्रस्तोता रहेका प्रकाश सुवेदीले गरेको टिप्पणी माथि आफ्नो घारणा राख्दै यस्तो भनेकी हुन् ।



‘मैले बुझेको रजटपटको अर्थ चलचित्रको पर्दा हो,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘तर, अहिले यो मैलो भएको छ । सायद, धुनुपर्ने अवस्था आएको छ ।’ सँगै, ऋचाले प्रकाश सुवेदीले बोलका शब्द राख्दै ती शब्द सुन्दा कस्तो लाग्छ भन्ने प्रश्न गरेकी छिन् । एउटा अभिनेत्री र अभिनेत्रीभन्दा पहिला नारीको हैसियतले यो समाजमा कसरी जिउनुपर्ने, समाजमा अटाउन कस्तो देखिनुपर्ने, के लगाउने, के बोल्ने, कसरी हिँड्ने लगायतका कुरालाई लिएर बारम्बार टिप्पणी र सुझाव आईरहेको देख्दा आफूलाई आक्रोश, हिनता र अस्थिरताले सताईरहेको उनले बताएकी छिन् ।

उनी लेख्छिन्, ‘मेरो शरीरको बनावट उनीहरुले चाहेको जस्तो बनाउँदा म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउँदा म मोटी, दारा भएकी भ्यात्त परेकी हुन्छु ।’ कलाकार आफ्नो परिश्रम र क्षमताले कलाकार भएको र कसैले महानायिका बनाउनु नपर्ने भन्दै ऋचाले आफ्नो धारणा राखेकी छिन् । ‘कठै हाम्रो समाज र ती अग्रज भनाउँदाहरुको सोच,’ उनी भन्छिन्, ‘ती कठैका सोचबिच म कठैबरा बन्दिनँ । चन्द्रमा आफ्नो दाग बिच नै सुन्दर छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट