काठमाडौँ उपत्यकामा ८७ सहित थप ३६० जनामा कोरोना संक्रमण-Sutra News

काठमाडौँ उपत्यकामा ८७ सहित थप ३६० जनामा कोरोना संक्रमण

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमित हुनेको संख्या २१ हजार ७५० पुगको छ।



काठमाडौं उपत्यकामा भने ८७ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७६, भक्तपुरका १ र ललितपुरका १० जना छन्।

त्यस्तै थप २३३ जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म १५ हजार ३८९ जना कोरोनामुक्त भइसकेका छन्।

त्यस्तै मृत्यु हुनेको संख्या ६५ पुगेको छ। नेपालमा ९ हजार ४७० जना क्वारेन्टीनमा रहेका छन् भने ६ हजार २९६ जना विभिन्न आइसोलेशनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट