कोरोना संक्रमणको लक्षण भएका तीन जनाको मृत्यु, सबैको स्वाव परीक्षण गरिँदै-Sutra News

कोरोना संक्रमणको लक्षण भएका तीन जनाको मृत्यु, सबैको स्वाव परीक्षण गरिँदै

बुधबार, २१ साउन २०७७

बुधबार, २१ साउन २०७७

राजविराज- सप्तरीमा कोरोना संक्रमणको लक्षणसँग मिल्दो तीन जना पुरूषको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने अर्का एक पुरूषको उपचारका लागि धरान लाँदै गर्दा बाटोमै मृत्यु भएको हो।



मलेसियाबाट आएर होम क्वारेन्टीनमा बसेका रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुषलाई ज्वरो आएपछि र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि धरान लादै गर्दा बाटोमै मृत्यु भएको थियो।

त्यस्तै डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ८० वर्षीय वृद्धको मंगलबार राति मृत्यु भएको हो। दुबै जना क्षयरोगका विरामी भएको बताइएको छ। 

कोरोना परीक्षणका लागि तीनैजनाको स्वाव संकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट