अर्जुन राज खनिया एनआईसी एसिया बैंकको सहायक सीईओ-Sutra News

अर्जुन राज खनिया एनआईसी एसिया बैंकको सहायक सीईओ

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । एनआईसी एसिया बैंकले सहायक महाप्रबन्धक अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बढुवा गरेको छ।



सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवं इकोसिस्टमहरूमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन्।

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षकको रूपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका उनले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रूपमा नियुक्त भएका थिए।

तत्पश्चात एनआईसी एसिया बैंकको विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रूपमा नेत्तृत्वदायी भूमिकामा रहेका उनी हाल बैंकको स्ट्राटेजिक पफर्मेन्स म्यानेजमेन्ट इकोसिस्टमको प्रमुखको रुपमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट